विद्यार्थीको नाममा दलीय राजनीति गर्नेहरू यो देशका पहिलो शत्रु हुन् - साहित्यकार गनेस पौडेल
काठमाडौ - साहित्यकार गनेस पौडेलले आसन्न हुन गइरहेको स्ववियुको निर्वाचनलाई लक्षित गरि राजनीतिक दललाई ब्याङ्ग्य गरेका छन् । उनले बिद्यार्थीको नाममा दलिय राजनिती गर्नेहरु यो देशका पहिलो शत्रु भएको बताएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन् दलीय विद्यार्थी संगठन हाम्रा सार्वजनिक संस्थालाई राजनीतिकरण गराउने प्रपन्चका पहिलो अध्याय हुन् । र अति राजनीतिकरण यो देशको अविकासको पहिलो कारक हो ।
विद्यार्थीको नाममा दलीय राजनीति गर्नेहरू यो देशका पहिलो शत्रु हुन् । राष्ट्रिय निराशाका प्रमुख उत्प्रेरक हुन् |
उनले सामाजिक संजालमा यस्तो लेखेका छन्
विद्यार्थीलाई राजनीति सिकाउनै पर्ने भए त्यो सिकाउने काम विश्वविद्यालयको हो । दलहरूको होइन । उमेर पुगेका विद्यार्थीले राजनीति गर्न पाउँछन् तर त्यसको लागि सोझै दलको सदस्यता लिए भैगो त ! शैक्षिक संस्थालाई बिगार्ने मतियार भएर, प्राध्यापक कुट्ने, नेताको भजन गाउने, क्याम्पसका फर्निजर फुटाल्ने र भवनमा आगो लगाउने लुते राजनीति किन गर्नु पर्यो ?
दलीय विद्यार्थी संगठन हाम्रा सार्वजनिक संस्थालाई राजनीतिकरण गराउने प्रपन्चका पहिलो अध्याय हुन् । र अति राजनीतिकरण यो देशको अविकासको पहिलो कारक हो ।
विद्यार्थीको नाममा दलीय राजनीति गर्नेहरू यो देशका पहिलो शत्रु हुन् । राष्ट्रिय निराशाका प्रमुख उत्प्रेरक हुन् | विद्यार्थी साथीहरू,
जित्छ भनेर निराशाको पक्षमा उभिनु भन्दा हार्छ भन्ने जान्दा जान्दै पनि आशा जोगाउने अभिभारा बोक्नू ल ! आशा जीवित राख्नु अहिलेको लागि सबैभन्दा ठुलो जीत हो !
जो साँच्चैको स्वतन्त्र भएर उठेको छ, (नामले मात्रै होइन कुनै राजनीतिक दलको धाप पनि नभएको) उसैलाई भोट दिनू !