Nic Ad Nic Ad
Nic Ad Nic Ad

समाजवादी मोर्चाले काठमाडौंमा वृहत जनसभा गर्ने

शुक्रबार, चैत १, २०८१

काठमाडौं - प्रतिपक्षी चार दलको समाजवादी मोर्चाले चैत १५ गते राजधानी काठमाडौंमा वृहत जनसभाको आयोजना गर्ने भएको छ । आज (शुक्रबार) बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जानकारी दिएका छन्।

samridhi jewllers

उनले भने, ‘१५ गतेको वृहत् प्रदर्शनलाई भव्य बनाउने । हजारौंको सहभागितालाई सुनिश्चित बनाउने निर्णय भएको छ । संसदवादी दलहरू र बाहिर रहेका दलहरूसँग छलफल गर्ने, गणतन्त्र रक्षाको कुरा समाजवादतिरको यात्रालाई सहज बनाउने र वातावरण बनाउन छलफल बनाउने भन्ने निर्णय गरिएको छ ।’


यस्तै, एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष निकाल्दै मोर्चाले प्रदर्शन अगाडि भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया, परामर्श गर्ने निर्णय पनि गरेको छ । दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने उनले जानकारी दिए । बैठकका निर्णय सुनाउँदै नेकपाका नेता प्रकाण्डले पछिल्लो समयबारे समीक्षा गरिएको र विषय गम्भीर रहेको निष्कर्ष निकालिएको बताए ।

उनले परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको भन्दै यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौंमा वृहत बिरोध कार्यक्रम गर्ने र हजारौँ मानिस उतार्ने गरी तयारी गर्ने निर्णय भएको बताए । उनले भने, ‘पछिल्लो परिस्थितिको समीक्षा गरेका छौं । विषय धेरै गम्भीर छ । परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको छ । जटिल बनाउने कसरतहरु भइरहेका छन् । कार्यक्रमको बारेमा केही सोचेका छौँ, केही भनेका पनि छौँ । १५ गतेको वृहत बिरोध प्रदर्शनलाई भव्य बनाउने । प्रतिगामी कदम र हर्कतलाई असफल गर्नेगरी कार्यक्रम गर्ने ।’

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्