काठमाडौंमा ज्ञानेन्द्रको स्वागतदेखि तर्सिएको ‘समाजवादी मोर्चा’द्वारा देशभरबाट मान्छे उतार्न उर्दी
काठमाडौं– आगामी १५ गते काठमाडौंमा सभा गर्ने निधो गरेको समाजवादी मोर्चा आवद्ध दल र घटकले देशभरबाट मान्छे उतार्नका लागि उर्दी जारी गरेको छ।
समाजवादी मोर्चामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी, नेत्रविक्रम चन्दको नेकपा, नेकपा एकीकृत समाजवादी रहेका छन्।
उपेन्द्र यादवको जसपा भने अहिले मोर्चामा निस्क्रिय रहेको छ।
ज्ञानेन्द्र शाहको २५ गतेको स्वागतमा मानव सागर देखेको मोर्चा तर्सिएको छ। त्यसको काउन्टर दिनका लागि काठमाडौंमा सभा गर्ने निर्णय गरेको मोर्चा आवद्ध माओवादी, नेकपा र एकीकृत समाजवादीले जिल्ला जिल्लामा रहेका संगठनमा मान्छे उतार्नका लागि उर्दी जारी गरेको हो।
गणतन्त्र जोगाउने नाममा गरिन लागेको सभामा सबै दल र घटक गरेर देशभरबाट ५० हजार मान्छे उतार्ने उसको तयारी रहेको छ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१ ११:२८
प्रतिक्रिया दिनुहोस्