Nic Ad Nic Ad
Nic Ad Nic Ad

इतिहासमै महँगियो सुन, मूल्य सुनेर मान्छे चकित हुनेछन्

शुक्रबार, चैत १, २०८१
samridhi jewllers

काठमाडौं - नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ इतिहासकै उच्च विन्दूमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यसअघि गत फागुन १३ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन हजार दुई सय रूपैयाँ बढी हो।


यस्तै बुधबार भने प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा सुनको कारोबार भएको थियो । बुधबारको तुलनामा शुक्रबार भने सुनको मूल्य प्रतितोला चार हजार रूपैयाँ बढेको हो । यस्तै शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो ।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्