गुडिरहेको गाडीबाट हामफाल्दा युवकको मृत्यु
सुर्खेत - सुर्खेतको वीरेन्द्रनगरमा गुडिरहेको फोर्स गाडीबाट हाम फाल्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरेन्द्रनगर–१२ नेवारे का ३७ वर्षीय लक्ष्मी प्रसाद उपाध्याय रहेका छन्। गए राति ११ बजेको समयमा वीरेन्द्रनगर–१२ तीनकुने चोकबाट ईत्रामतर्फ जाँदै गरेको भे १ ख १९०४ नम्बरको फोर्स गाडीको ढोकाबाट सडकमा हाम फाल्दा उनी घाइते भएका थिए।
घाइते उपाध्यायलाई तत्काल उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा लगेकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।
उनको शव हाल प्रदेश अस्पतालको शव गृहमा राखिएको छ । गाडी चालक वीरेन्द्रनगर–१२ बस्ने २४ वर्षीय कुशल राना प्रहरीको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१ ११:४०
प्रतिक्रिया दिनुहोस्