नेभिगेशन
राजनीति

पूर्वभीभीआईपीलाई आजीवन सुविधा दिने निर्णयमा शेखरको आपत्ति, भए आक्रोशित

काठमाडौं– पूर्वविशिष्ट (भीभीआईपी)लाई आजीवन सुविधा दिने सरकारको निधोमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आक्रोशित भएका छन्।  

सरकारले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कानुन बनाउने तयारी गरेको छ। 

सरकारको यस्तो तयारीलाई विनासकाले विपरीत बुद्धि भएको टिप्पणी गरेका छन्।

सरकार कुशासनको दुष्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टी भित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्त्वहरूले सडक तताइरहेको संवेदनशील अवस्थामा अर्को दुष्कर्मको प्रयास पूर्वविशिष्टलाई आजीवन सुविधा दिने कानुन बनाइन लागिएको कोइरालाको टिप्पणी छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति