Nic Ad Nic Ad
Nic Ad Nic Ad

तीन दिनमा प्रहरीका आईजी कुँवर सेवा निवृत्त, त्यहि दिनको क्याबिनेटबाट नयाँ प्रमुख नियुक्त

शुक्रबार, चैत १, २०८१

काठमाडौं– आगामी सोमबार मध्यराती १२ बजे नेपाल प्रहरीका महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवर सेवाबाट निवृत्त हुने भएका छन्। 

samridhi jewllers

सोही दिन बस्ने मन्त्रिपरिषद (क्याबिनेट)को बैठकले नयाँ प्रमुख नियुक्तको तयारी भएको छ। 

सरकारका एक मन्त्रीका अनुसार विशेष बैठक बस्ने सम्भावना अहिलेसम्म छैन। तर, सोमबारको क्याबिनेट आइतबार सर्ने सम्भावना समेत रहेको छ। अन्यथा नियमित क्याबिनेट बैठकबाट नयाँ प्रमुख नियुक्त गर्ने तयारी सरकारले गरेको छ। 

‘समय घर्किएको हुनेछैन, त्यहि दिन नै निर्णय हुने सम्भावना छ’, ति मन्त्रीले क्यानडानेपालसँग भने,‘नयाँ प्रमुखका सन्दर्भमा प्रक्रिया र नियमानुसार हुनेछ।’

सरकारले ३१ औं प्रहरी महानिरीक्षक नियुक्त गर्न अब तीन दिन मात्र बाँकी छ। 

नेपाल प्रहरी नियमावलीले गरेको व्यवस्थाअनुसार सेवा अवधीको ३० वर्षे समय पूरा गरी कुँवरसहित पाँच प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) र तीन जना नायव महानिरिक्षक (डीआईजी)ले चैत ४ गते मध्यरातबाट अवकाश पाउनेछन्। उनीहरु २०५१ चैत ५ गते निरीक्षक (इन्स्पेक्टर) दर्जामा भर्ना भएका हुन्।

२०६३ भदौ ८ मा डीएसपी, २०७१ फागुन १० गते एसपी बढुवासम्म सँगसँगै रहेका उनीहरु त्यसभन्दा माथिल्लो दर्जामा फरक फरक मितिमा बढुवा भए। तर, व्याचीहरुको पदोन्नतिका निम्ति एकापसमा सहयोगी भूमिका खेल्दा डीआइजी र एआइजीबाट अवकासको अवसर पाएका छन्।

यसअघि उमेरहदका कारण अवकास भएका एआइजी र डीआइजीका रिक्त दरबन्दीमा सोही ब्याचका अधिकृतलाई अवकासपूर्व बढुवा दिइयो। 

चैत ४ मा आईजी कुँवरसहित प्रधान कार्यालयमा कार्यरत एआईजीमध्ये अपराध अनुसन्धान विभागका प्रमुख कुवेर कडायत, कार्य विभाग (अपरेशन) प्रमुख बुद्धिराज गुरुङ, मानवस्रोत विभाग प्रमुख दुर्गा सिंह, प्रशासन विभाग प्रमुख टेकप्रसाद राई र प्रदेश समन्वय विभाग प्रमुख जनक भट्टराई पनि सँगै अवकास हुन्छन्। डीआईजीमध्ये गण्डकी प्रदेश प्रमुख भोलाबहादुर रावल र सुदूरपश्चिम प्रदेश प्रमुख गणेश चन्द पनि अवकास हुँदैछन्।

आगामी प्रहरी महानिरीक्षका लागि हाल एआईजी दर्जामा रहेका केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) प्रमुख दीपक थापा, प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख सुदिप गिरी र उपत्यका प्रहरी कार्यालय प्रमुख टेकबहादुर तामाङ दौडमा छन्। 
 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १२:४६
प्रतिक्रिया दिनुहोस्