सशस्त्रका सईमाथि बालिका बलात्कारको आरोप, स्थानीयले घेरे प्रहरी पोस्ट
जनकपुरधाम- महोत्तरीमा एक सशस्त्र प्रहरी नायब निरीक्षक (सई) ले १० वर्षीया बालिकामाथि बलात्कार गरेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् ।
महोत्तरीको लोहारपट्टी नगरपालिका–४ मा पिपराढीस्थित रेल्वेट्रयाक पोस्टमा कार्यरत सई धर्मेन्द्र सिंहमाथि बालिकालाई जबरजस्ती करणीको आरोप लागेको हो ।
उनले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै स्थानीयहरूले अहिले सशस्त्र प्रहरी पोस्ट घेराउ गरिरहेका छन् । स्थानीयहरूले पोस्ट घेराउ गरेपछि आरोपी सई सिंहलाई सशस्त्र प्रहरीको टोलीले नै नियन्त्रणमा लिएको छ । तोडफोडको प्रयास गरेपछि त्यहाँ स्थानीय र प्रहरीबीच तनाव उत्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बालिकामाथि दुव्र्यवहार भएको बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१ १४:१८
प्रतिक्रिया दिनुहोस्