सशस्त्र प्रहरीका सईमाथि बालिका बलात्कारको आरोप, स्थानीय आन्दोलित
जनकपुर– सशस्त्र प्रहरीका एक जना नयाव निरिक्षक (सई)माथि १० बर्षिया बालिका बलात्कारको आरोप लागेको छ।
महोत्तरीको लोहारपट्टी नगरपालिका–४ मा कार्यरत सई धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोप लागेपछि स्थानीय आन्दोलित बनेका छन्।
सई सिंह वडा नम्बर ४ पिपराढी स्थित रेल्वेट्र्याक पोस्टमा कार्यरत छन्। स्थानीयहरूले अहिले सशस्त्र प्रहरी पोस्ट घेराउ गरेका छन्। बलात्कार आरोप लागेका सई सिंहलाई सशस्त्र प्रहरीले नियन्त्रणमा राखेको छ।
पोस्टमा तोडफोडको प्रयास भएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोली खटाइएको छ। बालिकामाथि दुव्र्यबहार भएको जनाएको जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सुरु गरेको छ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१ १४:३०
प्रतिक्रिया दिनुहोस्