Nic Ad Nic Ad
Nic Ad Nic Ad

सम्झनाको उत्कृष्ट ब्याटिङमा नेपालको सान्त्वना जित

शुक्रबार, चैत १, २०८१

काठमाडौं- युगाण्डामा जारी वुमन्स डे कप २०२५ को लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको छ ।

samridhi jewllers

प्रतियोगितामा ६ खेल खेल्दै नेपालले दोस्रो जित हात पारेको हो । टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो ।

हङकङले दिएको १०५ को लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७ रन बनाइन् । कप्तान इन्दु बर्माले १८ रन बनाइन् । उनले पहिलो विकेटका लागि सम्झना खड्कासँग ५३ रनको अर्धशतकीय पारी खेलिन् । पूजा महतोले अविजित २० रनको पारी खेलिन् । उनीसँगै अलिसा कुमारी यादव ५ रनमा अविजित रहिन्।

हङकङका लागि माहिके दिप र लाईले समान १–१ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको हङकङका लागि ओपनर सान्जिन सहजादले सर्वाधिक ५४ रन बनाइन्। चान का इनले २९ बलमा १६, यास्मीन दास्वानीले १४ रन बनाइन् । नेपालका लागि राजमती ऐरीले सर्वाधिक ३ विकेट लिइन् । कप्तान इन्दु बर्माले २ विकेट लिइन् । पूजा महतो र ईश्वरी विष्टले १–१ विकेट लिइन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्