Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिविमा गुन्डगर्दीले सीमा नाघ्यो, स्ववियु निर्वाचन समितिका सदस्यको चटचट हात गिँड्ने धम्की

गृहमन्त्री रमेश लेखकको दल कांग्रेसको नेवि संघको आन्तरिक विवादले अन्तिम नामावली प्रकाशन प्रभावित 
शुक्रबार, चैत १, २०८१

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (केन्द्रीय क्याम्पस)मा नेपाली कांग्रेस समर्थित नेपाल विद्यार्थी संघको आन्तरिक विवादका कारण निर्वाचन समितिका सदस्यको हात गिड्ने धम्की दिएपछि विहीबार सार्वजनिक हुनुपर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) उम्मेदवारको नामावली प्रकाशन रोकिएको छ।

samridhi jewllers

गृहमन्त्री रमेश लेखक नेता रहेको सत्तारूढ दल नेपाली कांग्रेसको भ्रातृ संगठनको विवादका कारण निर्वाचन समितिले नाम सार्वजनिक गर्न नसकेको हो। यसको मुख्य कारण धम्की रहेको छ।

नेविसंघबाट अनोज कार्की र दीपकराज जोशीले अध्यक्षका लागि उम्मेदवारी दिएका थिए। एउटै संगठनबाट दुई जनाको उम्मेदवारी परेपछि आधिकारिक कसलाई मान्ने भन्नेमा प्रश्न उठेको थियो। 

नेवि संघले भने जोशी समूह आधिकारिक रहेको भनेपछि निर्वाचन समितिले कार्कीको नाम प्रकाशित नगर्ने तयारी गरेको थियो। तर कार्की समर्थित समूह र गुन्डाहरुले निर्वाचन समितिमा सदस्यहरुको हात चटचट काट्ने धम्की दिए।

निर्वाचन समितिले नेविसंघ केन्द्रीय कमिटीलाई आधिकारिक कसलाई मान्ने भनेर सोधेको थियो। जोशी नै आधिकारिक रहेको नेवि संघले जनाएको थियो। आन्तरिक विवाद मिलाउनका लागि नेवि संघले पहल नगर्दा गुन्डागर्दीको सीमा नाघेको हो।

नेविसंघका असन्तुष्ट समूहले निर्वाचन समितिका ११ सदस्य र प्रिन्सिपललाई समेत नाम सार्वजनिक नगर्न दबाब दिएको बताइएको थियो। नेवि संघले पत्र नै पठाएर जोशी समूह आधिकारिक रहेको जनाएको थियो।

बैठकका लागि समितिक सदस्यहरू कीर्तिपुर प्रहरीमा बिहीबार दिउँसो ४ बजे भेला भएका थिए। चर प्रहरी कार्यालयमा आएरै कार्की समूहले धम्की दिएको प्रत्यक्षदर्शीले क्यानडानेपाललाई बताए।

कार्यतालिका अनुसार १ बजेसम्म नाम फिर्ता लिन चाहेमा उम्मेदवारले फिर्ता लिन सक्ने र २ बजे अन्तिम नामवली सार्वजनिक गर्ने थियो। 
 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्