राजावादीमाथि खनिए प्रचण्डः इँटको जवाफ पत्थरले दिने घोषणा
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरबाट दिइने बताएका छन् ।
शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राजावादीहरूको पछिल्लो घटनाक्रमतर्फ इंगित गर्दै यस्तो बताएका हुन् ।
‘इतिहासमा हजारौं जनताका छोराछोरीको बलिदानबाट प्राप्त लोकतन्त्र १०, १५ हजार मान्छे उफार्दैमा उल्टाउन सम्भव छैन । तर, दुस्साहस चैं भएको छ,’ उनले भने, ‘इँटको जवाफ पत्थरले दिन माओवादी तयार छ । समाजवादीहरू तयार छन् ।’
उनले सोही जवाफ अन्तर्गत आगामी चैत १५ गते काठमाडौंमा प्रदर्शनको कार्यक्रम आयोजना गरिएको र त्यहाँ उपस्थित हुन सबैलाई आह्वान गरे । पूर्वराजाको नाममा अहिले नौटंकी देखाइएको भन्दै अरुको भरमा नउचालिन उनले चेतावनी दिए ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१ १६:३८
प्रतिक्रिया दिनुहोस्