Nic Ad Nic Ad
Nic Ad Nic Ad

पशुपति क्षेत्रको ऐतिहासिक अग्निहोतृशाला वैशाखदेखि सञ्चालन हुने

शुक्रबार, चैत १, २०८१

काठमाडौँ । विगत दुई वर्षदेखि बन्द रहेको पशुपति क्षेत्रस्थित अग्निहोतृशाला आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ ।

samridhi jewllers

सञ्चालनका लागि अग्निहोत्री नै चाहिने र सो तत्काल उपलब्ध नभएकाले दुई वर्षदेखि पशुपति चार शिवालयमा रहेको अग्निहोतृशाला बन्द थियो । पशुपति क्षेत्रमा गुठी संस्थानको व्यवस्थापनमा सो सञ्चालनमा रहेको थियो । संस्थान र पशुपति क्षेत्र विकास कोषको संयुक्त व्यवस्थापनमा वैशाखदेखि पुन:सञ्चालन गर्न लागिएको सदस्यसचिव डा. मिलनकुमार थापाले जानकारी दिए ।

 


अग्निहोत्रीको खोजी भइसकेकाले वैशाखदेखि सञ्चालन गर्न लागिएको उनले बताए । अग्निहोतृशाला मा छुट्टै कुण्डको व्यवस्था गरी ग्रहशान्ति गर्ने व्यवस्था पनि गर्न लागिएको छ ।

विगत दुई वर्षअघिसम्म गौशालाका गौतम थरका अग्निहोत्रीले अग्निहोतृशाला सञ्चालन गरिरहेका थिए । गौतम परिवारमा यससम्बन्धी ज्ञान भएका कोही नभएपछि विगत दुई वर्षदेखि बन्द भएको हो । 

अग्निहोत्री परिवारकी डा. माया गौतमले पृथ्वीनारायण शाहको पालादेखि यो अग्निहोतृशाला नियमित सञ्चालन हुँदै आएको बताइन् । यसमा चासो राख्ने कोही नभएकैले विगत दुई वर्षदेखि बन्द भएको उनले सुनाइन्

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  २०:२७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार