Nic Ad Nic Ad
Nic Ad Nic Ad

जनतामा आक्रोश छ, नचाहिने काम नगरौं : गगन थापा

शनिबार, चैत २, २०८१

पाँचथर- सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार नागरिकहरूमा देखिएको असन्तुष्टि घटाउने काममा केन्द्रित हुनुपर्ने बताएका छन् ।

samridhi jewllers

पाँचथरको तुम्बेवा महोत्सव २०८१ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।

उनले अहिले नागरिकहरूमा देखिएको आक्रोशमा केही मान्छेहरूले घ्यू थप्ने काम गरिरहेको बताएका छन् । महामन्त्री थापाले भने, ‘स्थानीय होस् वा संघीय सरकार जसले भए पनि चाहिने काम मात्रै गरौं नचाहिने काम नगरौं । अहिले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख भइसकेको व्यक्तिहरूले जीवनभरी सेवा सुविधा पाउनेगरी कानुन बनाउन सरकारले लाग्यो रे भन्ने हल्ला आएको छ । यस्तो कुराले स्वभाविक रूपमा नागरिकहरूलाई रिस त उठ्ने नै भयो । तर कतिपय कुरालाई हामीले ठिक समयमा ठिक ढङ्गले बुझाउन पनि सक्नु पर्छ ।’

उनले आफू स्वास्थ्य मन्त्री हुँदा ठूला नेताहरूको उपचार गर्न विदेश जाने र त्यसको खर्च सरकारले व्यहोर्ने कुरा गलत भएको भन्दै सांसदबाट कानुन बनाएर रोकेको बताए ।

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्