ज्ञानेन्द्र शाह सानी आमा रत्न राज्यलक्ष्मीलाई भेट्न कति पटक नारायणहिटी पुगे होलान् ?
काठमाडौं– गणतन्त्र घोषणापछि हाल रहेको राष्ट्रपति कार्यालय शितल निवासबाट सारेर नारायणहिटीस्थित महेन्द्र मन्जिलमा रहेकी अन्तिम मुमावडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई भेट्नका लागि ज्ञानेन्द्र शाह त्यहाँ पुगेका पछिल्ला रेकर्ड फेला पर्न सकेको छैनन्।
राजावादीहरूले राजसंस्था कायम गराउने माग लिएर ठूलो प्रदर्शन गरे पनि आन्तरिक कथा भने निक्कै पेचिलो रहेको छ। पछिल्लो समय रत्न राज्यलक्ष्मी बिरामी भएका बेला पनि ज्ञानेन्द्र महेन्द्र मन्जिल पुगेका थिएनन् तर अस्पतालमा भने भेट भएको तथ्य फेला परेका छन्।
राजा महेन्द्रको दोस्रो पत्नी भए पनि वडामहारानीका हैसियतमा रत्न राज्यलक्ष्मी शाहले शासन सत्तामा स्थान पाएकी थिइन्। उनी कसरी वडामहारानी भइन् भन्ने पनि रोचक इतिहास फेला परेको छ।
रत्न राज्यलक्ष्मीदेवी शाह विस २०११ देखि २०२८ सम्म नेपालको बडामहारानी तथा २०२८ देखि २०६५ सम्म मुमा बडामहारानी भइन्।
उनी राजा महेन्द्र शाहकी दोश्रो पत्नी थिइन्। काठमाडौंको रत्नपार्क उनकै नाममा बनेको हो।
रत्नको दिदी इन्द्रको १९९६ मा तत्कालिन युवराज महेन्द्रसँग विवाह भएको थियो तर १८ भदौ ००७ मा इन्द्रको निधन भयो।
दुई वर्ष पछि, रत्नले महेन्द्रसँग सशर्त बिहे गरेको पाइन्छ।
विवाह पछि थप छोराछोरी नजन्माउन उनले बन्ध्याकरण गरेकी थिइन्। कतिपयले राजा महेन्द्रले बन्ध्याकरण गराएर नै बिवाह गरेको पनि दाबी गर्छन्।
यद्यपि यी दाबीहरुलाई स्वतन्त्र रुपमा पुष्टि गर्ने दस्ताबेजचाहिँ भेटिएका छैनन्।
महेन्द्रको पहिले नै इन्द्रबाट तीन छोरा र तीन छोरी भएका थिए।
२०२८ मा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने बेलामा हृदयघातबाट दियालो बङ्गलामा राजा महेन्द्रको निधन भयो। उनका जेठा छोरा, युवराज वीरेन्द्र राजा भए।
१९ जेठ २०५८ मा वीरेन्द्रको वंशनाश हुनेगरी नारायणहिटी दरबार हत्याकाण्डपछि भाई ज्ञानेन्द्रले राजगद्दी सम्हालेका थिए।
२०५८ जेठ १९ को रात जब दरवार हत्याकाण्डका बmो मुमा बडामहारानी देवरानी राजकुमारी हेलेन शाहसँग बसिरहेकि थिइन् र उनीहरू बेग्लै कोठमा बसेका हुनाले बाँचेका थिए।
ज्ञानेन्द्रनिकट स्रोतले भन्यो,‘दरबार हत्याकाण्डपछि उहाँ त्यता जानुभएको छैन। तर मुमा वडामहारानी भने महेन्द्र मन्जिलमा रहनुभएको छ।’
हुन त दरबारका कोही पनि सदस्य हत्याकाण्डपछि नारायणहिटी छिरेका छैनन्। बरु, वीरेन्द्रलगायतको सम्झनामा हुने द्विप प्रज्वलनमा नारायणहिटी अगाडि अधिराजकुमारी श्रुती राणाका छोरीहरू बेलामौका पुग्ने गरेका छन्।