Nic Ad Nic Ad
Nic Ad Nic Ad

जनताको अवस्था परिवर्तन गर्नेतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

शनिबार, चैत २, २०८१

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकार र राजनीतिक दलहरु जनताको अवस्था परिवर्तन गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

samridhi jewllers

आज यहाँ आयोजित कार्यक्रममा उनले भने, “व्यवस्था परिवर्तन भए पनि महसुस हुनेगरी जनताको जीवनस्तरमा रुपान्तरण हुन सकेको छैन।” जनताले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक समृद्धि खोजेका उनको अभिमत थियो।

शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खानेपानीलगायत संविधानप्रदत्त अधिकार उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायकाले उपभोग गर्न नपाउँदा निरासा बढिरहेको धारणा उनले व्यक्त गरे।

शिक्षा मुलुकको विकासको मेरुदण्ड भएकाले हरेक बालबालिकाले निर्भय भएर पढ्न पाउनुपर्ने बताउँदै उनले समुन्नत समाज निर्माणमा शैक्षिक क्षेत्रले निर्वाह गर्ने भूमिका राष्ट्रका निम्ति महत्वपूर्ण हुने बताए।

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्