Nic Ad Nic Ad
Nic Ad Nic Ad

दरबार हत्याकाण्ड छानबिनको माग पहिलेदेखि नै उठाएको हुँ : प्रचण्ड

शनिबार, चैत २, २०८१

काठमाडौं- समाजवादी मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको जनसभा आयोजना हुने जनाएको छ ।

samridhi jewllers

आज (शनिबार) ललितपुरमा पत्रकार सम्मेलन गर्दै समाजवादी मोर्चाले गणतन्त्रको रक्षाको निम्ति प्रतिगामी र पुर्नउत्थानवादी षड्यन्त्रकाविरुद्ध जनसभा आयोजना गरिएको जनाएको हो।

पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीको प्रदर्शनले झस्केको नभइ गणतन्त्रका पक्षधरहरूले जनता समक्ष त्रुटि स्वीकार गर्दै अघि बढ्न खोजेको जानकारी दिनका लागि जनसभा आयोजना गरेको बताए ।

उनले समाजवादी मोर्चा सरकारमा जानका लागि नभइ मुलुकको परिवर्तनलाई जोगाउँदै बलियो बनाउनका लागि गठन भएको स्पष्ट पारे। पुरानै तथ्य र प्रमाणको आधारमा पूर्वराजा ज्ञानेन्द्र शाहबारे आफूले टिप्पणी गरेको भन्दै आमनेपाली जनताको मनमा भएको कुरा आफूले मुखरित गरेको धारणा राखे ।

‘हिजो मैले जे बोले त्यो पहिल्यैदेखि बोल्दै आएको छु । दरबार हत्याकाण्डका बेला भूमिगत अवस्थामा रहँदा पनि यही बोलेको थिएँ । गणतन्त्रपछिको पहिलो प्रधानमन्त्री बन्दा पनि मैले यही बोलेको छु । छानबिन बनाउन जरुरी छ भनेर मैले त्यतिबेला पनि बोलेको थिएँ । अहिले जुन पुनरुत्थानको विषय उठेकाले अहिले त्यो स्मरण गर्न आवश्यक छ । जनतालाई त्यो लागेको छ भनेर मैले भनेको छु,’ उनले भने ।

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्