Nic Ad Nic Ad
Nic Ad Nic Ad

चर्च ब्वाइज बमेचीनगर गोल्डकपको च्याम्पियन

शनिबार, चैत २, २०८१

झापा - चर्च ब्वाइज युनाइटेड पाँचौं मेचीनगर गोल्डकपको च्याम्पियन भएको छ । शनिबार मेचीनगरस्थित काँकरभिट्टा मैदानमा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजले आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले हरायो । 

samridhi jewllers

जितपछि चर्च ब्वाइजले १० लाख र उपविजेता बनेको काँकरभिट्टाले पाँच लाख पायो । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी आयोजक काँकरभिट्टाका कप्तान खामिर गिल्सान राई घोषित भएका छन् । 

चर्च ब्वाइज पहिलो पटक मेचीनगरको च्याम्पियन बनेको हो । आयोजक काँकरभिट्टा पहिलो पटक च्याम्पियन बन्ने योजनामा रहेपनि सफल भएन । चर्च ब्वाइजले यस पटक मोफसलमा यो चौथो उपाधि भित्राएको हो । 

टोलीलाई च्याम्पियन बनाउन प्लेयर अफ दि म्याच स्ट्राइकर समीर तामाङले  खेलको ११औं मिनेटमा निर्णायक गोल गरेका थिए । आयोजकका हेमन्त लिम्बुले गरेको गल्तीको फाइदा उठाउँदै समिरले गोल गरेका हुन् । बाँकी समय दुबै टोलीले गोलको अवसर बनाएपछि सदुपयोग गर्न सकेनन् । 

प्रतियोगिताको पहिलो खेलमा चर्च ब्वाइजले नेपाल सुपर लिग (एनएसलए) टोली झापा एफसीलाई सडन डेथमा हराएको थियो । त्यस्तै, टोलीले सेमिफाइनलमा शीर्ष डिभिजन प्रतिद्धन्द्धी मछिन्द्र फुटबल क्लबविरुद्ध ४–३ को पुनरागमन जित निकालेको हो । 

काँकरभिट्टाले पहिलो खेलमा भारतीय टोली जर्जियन एफसीलाई ४–२ ले पराजित गर्दा सेमिफाइनलमा धरान एफसीलाई सडन डेथमा हरायो । 

प्रतियोगिताको उच्च गोलकर्तामा मछिन्द्रका युसुफ मलिक र चर्च ब्वाइजकै अवयोमी फकुन्ले रहेका छन् । दुबैले समान ३ गोल गरेका थिए । 

उत्कृष्ट रक्षक आयोजकका दिवस उराउ, उत्कृष्ट किपर चर्च ब्वाइजका टिकेन्द्र थापा र उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजकै सुमन श्रेष्ठ घोषित भएका छन् । त्यस्तै, उदयीमान खेलाडी आयोजकका पर्शु राई घोषित भएका छन् । 

होटल मेची क्राउन मुख्य प्रायोजक रहेको प्रतियोगिताका सर्वोकृष्ट खेलाडीले ५१ हजार, उच्च गोलकर्ता  दुबैले २५ बाढेका छन् । उत्कृष्ट गोलकिपर र प्रशिक्षकले समान २१ हजार रुपैयाँ पुरस्कार पाए । यसैगरी उदीयमान खेलाडीले १५ हजार रुपैयाँ पाएका छन् । 

प्रतियोगिताको विजेतालाई कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्की लगायतले पुरस्कृत गरेका थिए ।

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १८:४३
प्रतिक्रिया दिनुहोस्