Nic Ad Nic Ad
Nic Ad Nic Ad

आइजिपी कप क्रिकेटको उपाधि मधेस प्रदेश प्रहरीलाई

शनिबार, चैत २, २०८१

काठमाडौँ- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशलाई पाखा लगाउँदै मधेस प्रदेश प्रहरीले चुमेको छ । 

samridhi jewllers

नेपाल प्रहरी खेलकुद समितिले मुलपानी क्रिकेट मैदानमा आज सम्पन्न आज सम्पन्न फाइनल खेलमा मधेस प्रदेश प्रहरीले लुम्बिनी प्रदेशलाई १४ रनले पराजित गरेको हो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विजयी  टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरे ।

त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै उनले  सुरक्षा निकाय जस्तो शारीरिक र मानसिक रूपमा तन्दुरुस्त रहनुपर्ने संगठनमा खेलकुदको महत्त्व अझ अधिक रहेको बताए । उनले नेपाल प्रहरीका खेलाडीले राष्ट्रको प्रतिनिधित्व गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी हुने अवसर पाउनु संगठनका निम्ति गौरवको विषय हो भने ।

गत फागुन २७ गतेदेखि भएको उक्त प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र सातवटै प्रदेश प्रहरी कार्यालय गरी आठ टोली मैदानमा उत्रेका थिए ।

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १८:४९
प्रतिक्रिया दिनुहोस्