Nic Ad Nic Ad
Nic Ad Nic Ad
बिस्मृति

कट्वाल प्रकरणमा प्रचण्ड थाङ्नामा सुतेका थिए, युवराज घिमिरेको सन्देश पाएँ– समाचारमा ध्यान दिनू!

भारतदेखि सत्तामा रहेका १८ दलको बैठक शितल निवासमा बसेको थियो। त्यो बैठकका जीवित पात्र अहिले पनि कतिपय छन्, डा. यादवसहित
शनिबार, चैत २, २०८१

कथित ‘नागरिक सर्वोच्चता’को आन्दोलनको अर्को सभा बिराटनगरमा घोषणा भएको थियो। 

samridhi jewllers

प्रमुख अथिति थिए माओवादीका सचिव सीपी गजुरेल।

एकातिर सिंहदरबार घेराउका क्रममा कम्मर मर्काए वापत पुष्पकमल दाहाल प्रचण्ड र रेखा थापाको चर्चा कम थिएन। 

मलाई स्मरण छ, त्यसबेला हालका प्रधानमन्त्री र एमालेका प्रभावशाली नेता कहलिने केपी शर्मा ओलीले भनेका थिए,‘पहिला संविधान बनऔं अनि रेखा थापासँग नचौंला।’

दुई ठाउँ निर्वाचन हारेका माधवकुमार नेपाल बृष वृक्ष बन्नुअघि कल्प विक्ष थिए– पुष्पकमल दाहाल प्रचण्डका निम्ति। 

गिरिजाप्रसाद कोइरालाको आशिर्वादमा प्रचण्ड सरकार अपदस्त गरी प्रधानमन्त्री बनेका माधवकुमार नेपाललाई व्यवस्थापिका संसदमा प्रचण्डले केसम्म भनेका थिएनन्। 

‘रिमोट कन्ट्रोल अन्तै छ। त्यसबाट चलेका हुन् आजका प्रधानमन्त्री’, माधवकुमार नेपालमाथि प्रचण्डको टिप्पणी थियो। 

खैर, यो प्रसङ्ग अहिले पनि भिडिओमा भेटिन्छन्। यतातिर हैन, ‘म’ गाँठी कुरातिर लम्किन चहान्छु। 

फेरि पनि पाठकवृन्दमा अनुरोध छ, म शव्द न्यारेटिभका लागि प्रयोग गरिएको हो। यो केन्द्र पात्र त हुँदै हो तर न्यारेशन भन्ने भएकाले उपयोगमा ल्याएको हुँ। 

संविधान निर्माण गर्ने बेलामा माधवकुमार नेपाललाई संवैधानिक समितिको सभापति बनाउनका लागि मनोनित गरियो। यो कसैले होइन, प्रचण्डको पहलमा नै भएको थियो। 

तर समयकाल खण्डमा दरबारमा दाम चढाउँदा पनि प्रधानमन्त्री नबनेका माधवकुमार नेपाल प्रधानसेनापति रुक्माङ्गत कटवाल प्रकरणका कारण र हालका राष्ट्रपति रामचन्द्र पौडेलको १७ पटकसम्मको सदनको दौडमा २२ महिना प्रधानमन्त्री बन्ने ‘अयोग्य’ पात्र बने।

हुन त उनको पालामा सेना समायोजनको प्रक्रियाले कछुवा गति लियो। आखिर उनको सत्ता टिकाउनका लागि सबैभन्दा ठूलो भूमिका केपी शर्मा ओलीले नै खेलेका थिए।

कहिलेकाहीँ संवैधानिक पद सक्रिय हुन्छ भन्ने उदाहरण हुन्– प्रथम राष्ट्रपति डा. रामवरण यादव। 

देश कता जाने हो? यो अन्यौल थियो। जब प्रचण्डले प्रधानमन्त्रीका रुपमा प्रधानसेनापति रुक्माङ्गत कटवाललाई अपदस्त गरी कुलबहादुर खड्कालाई नियुक्ति दिए। 

खड्का अहिले जीवित छैनन्। 

सैन्यको के तयारी थियो भन्ने विषयमा कटवालको आत्मथामा नै उल्लेख छ, त्यसबारे भित्री कथा जान्ने कुरा पनि भएन, तथ्यपरक पनि नहोला एउटा न्यारेटिभ भन्नेका लागि। 

तर राजनीतिक रुपमा संवैधानिक पद कसरी सक्रिय भयो भन्ने हेक्का राखिएको थियो। 

भारतदेखि सत्तामा रहेका १८ दलको बैठक शितल निवासमा बसेको थियो। त्यो बैठकका जीवित पात्र अहिले पनि कतिपय छन्, डा. यादवसहित। 

कटवाल प्रकरणलाई प्रचण्डले गल्ती थियो पनि भन्छन्। यति मात्र होइन उनले स्वीकारेको अर्को गल्ती हो, गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनू।

प्रचण्डलाई त्यो १८ दलको बैठकले थाङ्नामा सुताएको थियो। यहाँसम्मकी नेकपा एमाले सरकारको साझेदार भएर पनि उनले साथ पाउन सकेनन्। 

उपप्रधान र गृहमन्त्री रहेका बामदेव गौतमले समेत उनलाई हुटिट्याउँले आकाश बोक्ने जसरी कोशिश गरे तर तत्कालिन एमाले अध्यक्ष झलनाथ खनालले उत्तानो पारेका थिए। 

यहि विषयमा मैले आलेख लेखेको थिएँ। कलम चलाउने हुटहुटीको तिव्र महत्वकांक्षामा आलेख लेखेर विचार पृष्ठ संयोजक रहेका अशोक सिलवाललाई पठाएँ। 

सिलवालले मेरो आलेख प्रकाशित गरे। मलाई अहिले पनि शीर्षक याद छ। ‘प्रचण्ड कमजोरीका तीन कुरा’ यहि शीर्षक थियो। 

प्रकाशित भएको आलेखका सन्दर्भमा प्रधान सम्पादक रहेका युवराज घिमिरेले कस्तो धारणा बनाए त्यो थाहा छैन। 

तर विचार पृष्ठ सम्पादक सिलवालको सन्देश आयो– समाचारमा ध्यान दिनू!

खैर यसले मेरो कद अलिक केही बढे जस्तो अनुभव भएको थियो। म उत्साही के विषयमा थिएँ भने विचार पृष्ठमा मेरा वैचारिक यात्राका राष्ट्रिय प्रकाशन सुरु भयो।

मैले त्यहि बेलादेखि जनताको पक्षको विचार र समाचारको पैरवी गर्न थालें। यो यात्राले हालसम्म पनि निरन्तरता पाइरहेको छ।
 

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १९:४३
प्रतिक्रिया दिनुहोस्