Nic Ad Nic Ad
Nic Ad Nic Ad

तेस्रो एनसेल नेपाल सुपर लिगको ट्रफि प्रर्दशन सुरु

शनिबार, चैत २, २०८१

बुटवल- चैतको दोस्रो हप्तादेखी काठमाडौमा हुने तेस्रो एनसेल नेपाल सुपर लिग फुटबल प्रतियोगिताको ट्रफि प्रर्दशन देशका मुख्य शहरहरुमा शुरु भएको छ ।

samridhi jewllers

धनगढीबाट शुरु गरिएको ट्रफि शनिबार बुटवल लुम्बिनी टिमको होम टाउन बुटवलमा आईपुगेको हो । ट्रफिसहित बुटवल लुम्बिनीको खेलाडी, टिम म्यानेजर, कोचहरु दिउसो बुटवल उपमहानगरपालिका परिसर पुगेका छन ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले खेलकुदको विकासमा पालिका निरन्तर लागेको बताए । खेल प्रतियोगिता, खेलाडी सम्मान, पूर्वाधारमा बजेट बिनियोजन गरेको भन्दै विद्यालय खेलकुद देखी अन्तराष्ट्रिय खेलाडी सम्मानका कार्यक्रममा जोड दिएको बताए । ‘फुटबल खेलमा १ करोड रुपैया बजेट बिनियोजन गरेको छ ।’–उनले भने ।

कार्यक्रममा बुटवल लुम्बिनी टिमका टिम कोच पुष्पलाल शर्माले ब्यवसायिक फुटबल प्रतियोगितामार्फत खेल र खेलाडीहरुलाई प्लेटफर्म दिने गरि तेस्रो संस्करणको प्रतियोगिता अन्तिम चरणमा पुगेको जानकारी दिए । चैत १३ गतेबाट शुरु हुने प्रतियोगितामा सात टिमले भाग लिनेमा प्रत्येक टिमले अक्सनमार्फत खेलाडी किन्ने काम सकेको उनले बताए । प्रत्येक टिममा ६ विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । बुटवल उपमहानगरपालिका, तिलोत्तमा, भलुही, भैरहवा हुदै लुम्बिनीसम्म ट्रफी प्रर्दशन हुनेछ ।

धनगढीबाट शुरु भएर प्रर्दशन लुम्बिनीपछि चितवन, झापा, पोखरा, ललितपुर, काठमाडौ पुगेर समापन गरिने टिमका टेक्निकल डाईरेक्टर याम गुरुङले बताए । प्रतियोगिताको उद्घाटन खेल चैतको १६ गते ललितपुर र काठमाडौका बिचमा हुने छ । भने समापन बैशाख १३ गते हुनेछ । गतवर्ष प्रतियोगिताको उपाधि ललितपुर एफसीले जितेको थियो। पहिलो संस्करणको विजेता काठमाडौ रहेको थियो ।

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  २०:५०
प्रतिक्रिया दिनुहोस्