Nic Ad Nic Ad
Nic Ad Nic Ad

एम्बाप्पेको दुई गोलमा रियल म्याड्रिड विजयी

आइतबार, चैत ३, २०८१

काठमाडौँ - स्पेनिस ला लिगामा रियल म्याड्रिडले भिल्ला रियललाई पराजित गरेको छ ।

samridhi jewllers

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भिल्ला रियल म्याड्रिडमाथि २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा १-० ले पछि परेको रियल म्याड्रिडले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो ।

रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पेले दुवै गोल गरेका थिए । त्यस्तै भिल्ला रियलका लागि एक गोल जुआन फोयिथले गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको २८ खेलमा ६० अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै दुई खेल कम खेलेको बार्सिलोनाको २६ खेलमा ५७ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भिल्ला रियलको २७ खेलमा ४४ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ०७:२३
प्रतिक्रिया दिनुहोस्