Nic Ad Nic Ad
Nic Ad Nic Ad

मोरङको बुढीगङ्गामा एम्बुलेन्स ठोक्कियो, चालकको मृत्यु

आइतबार, चैत ३, २०८१
samridhi jewllers

बिराटनगर– मोरङको बुढीगङ्गा गाउँपालिका–३ पर्ने कोशी राजमार्गमा शनिबार राती एम्बुलेन्स सडक किनारमा ठोक्किँदा चालक आशिष राईको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को१च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटना  हुँदा चालक २४ वर्षीय राईको मृत्यु भएको हो।

मृतक चालक उदयपुरको पञ्चावती घर भइ मोरङको बूढीगंगा–२ मा बस्दै आएका थिए । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ । एम्बुलेन्स कता जाँदै थियो भन्ने खुलेको छैन।
 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्