Nic Ad Nic Ad
Nic Ad Nic Ad

आफ्नै घरमा आगो लगाएका थुनुवा अभियुक्त, २५ हजार धरौटी तिर्न नसक्दा यसरी गयो ज्यान

आइतबार, चैत ३, २०८१

बिराटनगर– आफ्नै घरमा आगो लगाएको अभियोगमा जिल्ला अदालत मोरङले पूर्पक्षका लागि २५ हजार धरौटी तोकेका एक अभियुक्तको मृत्यु भएको छ। 

samridhi jewllers

धरौटी तिर्न नसक्दा उनी जिल्ला कारागार मोरङमा पूर्पक्षका लागि थुनामा थिए। ति थुनुवा मोरङको पथरीशनिश्चरे नगरपालिका–४ का ३८ वर्षीय जेठा भनिने जितबहादुर देवान हुन्। 

हात खुट्टा चल्न नसक्ने समस्या भएका देवानलाई कोशी अस्पताल बिराटनगरमा भर्ना गरिएको थियो। शनिबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

आफ्नै घरमा आगो लगाएको घटनामा देवानलाई प्रहरीले पक्राउ गरेर आपराधिक उपद्रो मुद्दा चलाएको थियो।

जिल्ला अदालत मोरङले गत मंसिर २३ गते मुद्दाको पुर्पक्षका लागि २५ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो। तर, अदालतको मागेको धरौटी बुझाउन नसकेपछि उनी कारागार चलान भएका थिए। उनको मुद्दाको फैसला हुन बाँकी छ।
 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्