Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वमहान्यायाधीवक्ता, ‘काठमाडौं स्कुल अफ ल’का संग्रौलाले विद्यार्थीलाई ब्याक मसाज गराए!

आइतबार, चैत ३, २०८१

काठमाडौं– नेपाल सरकारको महान्यायाधीवक्ता समेत भैसकेका पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल)का संस्थापक युवराज संग्रौला यौनजन्य विवादको टाकुरामा उभिएका छन्।

samridhi jewllers

सामाजिक सञ्जाल इन्स्टाग्राममा एक विद्यार्थीले संग्रौलाले कलेजमा छात्राहरुसँग यौनजन्य टिप्पणी र महिलाको शरीरबारे अपमानजनक शब्द प्रयोग गर्ने गरेको उल्लेख गरेपछि विवादमा तानिएका हुन्। 

संग्रौलामाथि यौन दुव्र्यवहारका थुप्रै आरोप लाग्ने गरेको उल्लेख गर्दै उनको आरोप छ– उहाँले विद्यार्थीहरुलाई ब्याक मसाज गर्न बाध्य पार्नुभएको समेत छ ।

उनले यो विवरण पोस्ट गरेको केही समयपछि कार्यकक्षमा संग्रौलालाई कसैले टाउको थिच्दै गरेको तस्वीर समेत सार्वजनिक भएपछि यो विवाद झनै उग्र बनेको छ।

ति युवतीको प्रश्न छ,‘प्रेमीले केबल शारीरिक सम्बन्धको चाहना राख्छ भन्दै उहाँले मलाई पुरुषहरुसँग नसुत्न, विवाह गर्न र सम्बन्धहरुबाट टाढा बस्न भन्नुभयो। तपाईंलाई यस्तो टिप्पणी गर्ने अधिकार कसले दियो?’

उनले संग्रौलाले यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिको अधिकारको समर्थन गर्ने विद्यार्थीहरुलाई निष्काशन गर्ने धम्की दिने गरेको दाबी गरेकी छन्। 

ती विद्यार्थीले कलेजका अन्य प्राध्यापकहरुले समेत विद्यार्थीहरुलाई दुव्र्यवहार गर्ने जिकिर गरेकी छन्। 

उनले पहिले आफूलाई यसबारे निवेदन दिन भनिएअनुसार १२ डिसेम्बर २०२४ मा उजुरी दिए पनि कुनै सुनुवाइ नभएपछि सामाजिक सञ्जालमा पोस्ट गर्नुपरेको भनेकी छन्।

विद्यार्थीले कलेजमा दिएको निवेदनमा कार्यकारी निर्देशक संग्रौलालाई तत्काल निलम्बन गरेर छानबिन गर्नुपर्ने सहितका ५ बुँदे माग राखेकी छन् ।

उनले सार्वजनिक रुपमा बोलेपछि अन्य विद्यार्थीहरुले समेत केएसएलमा संग्रौलाले गरेका टिप्पणीहरुबारे बोल्न थालेका छन्। उनको पोस्ट सेयर गर्दै अर्की एक जना पूर्वविद्यार्थीले आफूले पनि कलेजमा भएको दुव्र्यवहार र महिलाविरोधी टिप्पणी कयौंपटक भोगेको भनेकी छन्।

यो विषय सार्वजनिक भएपछि कलेजले विज्ञप्ति जारी गर्दै प्रशासनबाट आन्तरिक उजुरी तथा गुनासो समितिमा निवेदन पेस हुने वित्तिकै त्यसलाई जानकारीमा लिएर आवश्यक जाँचबुझ प्रक्रिया अघि बढाउने निर्णय गरेको जनाएको छ। 

यस्तो छ विज्ञप्ति
ktm-school-law-1742098808.jpg
 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १०:०८
प्रतिक्रिया दिनुहोस्