पाकिस्तानविरुद्धको टी-२० सिरिजमा न्यूजील्याण्डको विजयी शुरुवात
काठमाडौँ - न्यूजील्याण्डले पाकिस्तानविरुद्धको ५ खेलको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न सिरिजको पहिलो खेल न्यूजील्याण्डले ९ विकेटले जितेको हो ।
न्यूजील्याण्डको जितमा टिम सेइफेर्टले ४४ रन बनाए भने फिन एलेनले अविजित २९ र टिम रोबिन्सनले अविजित १८ रन बनाए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले १८.४ ओभरमा अल आउट हुदै ९१ रन बनाएको थियो।
पाकिस्तानका लागि खुशदिल शाहले ३२ रन बनाए भने कप्तान सलमान अघाले १८ र जहानदाद खानले १७ रन बनाएका थिए । त्यसैगरी न्यूजील्याण्डका बलर क्याकाब डफीले ४ विकेट लिए भने किल जामिएसनले ३ तथा इश सोढ़ीले २ विकेट लिए ।
यो जितपछि पाकिस्तानले ५ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ र सिरिजको दोस्रो खेल मंगलबार हुने छ ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१ १०:३२
प्रतिक्रिया दिनुहोस्