Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

आइतबार, चैत ३, २०८१
samridhi jewllers

काठमाडौँ - स्थानीय बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला चार सय रुपैयाँले घटेर आज तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।  चाँदी प्रतितोला ५ रुपैयाँले घटेर  २ हजार ४५ रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्