Nic Ad Nic Ad
Nic Ad Nic Ad

राज्य कोषबाट पाउने सुविधा घटाउँ, म सांसदको सुविधा घटाउन तयार छु : प्रकाश ज्वाला

आइतबार, चैत ३, २०८१

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले देश आर्थिक रूपमा अफ्ठेरो अवस्थामा रहेको बेला राज्य कोषबाट लिइरहेको सुविधा घटाउनु पर्ने बताएका छन् । उनले सांसदको रूपमा आफूले लिइरहेको सुविधा घटाउन तयार रहेको बताएका छन् ।

samridhi jewllers

आज (आइतबार) बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद ज्वालाले राज्यलाई भार पार्ने गरी पूर्व विशिष्टलाई सुविधा बढाउने कुरा आपत्तिपूर्ण रहेको बताएका हुन् ।

‘राज्यलाई भार थपिने गरी आजीवन सुविधा दिने कुरा आपत्तिपूर्ण छ । चेतावनीका साथ भन्छु–सरकारले यो कदम फिर्ता गरोस्,’ ज्वालाले भने, ‘अहिले सुविधा घटाउने बेला हो, सांसदको रूपमा लिइरहेको सुविधा घटाउन तयार छु, सरकार तयार हो ?’

पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री लगायतलाई आजीवन सुविधा दिनेगरी कानून बनाउन मन्त्रिपरिषद्ले गृहलाई स्वीकृति दिएको समाचार बाहिर आएको थियो । सरकारले यस्तो कानून ल्याउने तयारी गरेको भन्दै सांसदहरूले विरोध जनाएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्