रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सचिवालय बैठक बोलाएको छ ।
आज दिउँसो ४ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा पार्टीको आगामी कार्यक्रम सम्बन्धी प्रस्तावित प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै अघिल्लो बैठकहरूको समीक्षा, पार्टी गतिविधि र अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले बताएका छन् । त्यसैगरी केन्द्रीय समितिको विस्तारित बैठक सम्बन्धी प्रस्ताव र पार्टी नियमित गतिविधिलगायतका विषयमा पनि छलफल हुने उनले बताएका छन् ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१ १२:२६
प्रतिक्रिया दिनुहोस्