Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘राजाले प्रतिबन्ध गरेको मूर्ति चोरको भिसा गिरिजाप्रसाद कोइरालाले खुलाए’

आइतबार, चैत ३, २०८१

काठमाडौं– नेपालका पुरातात्त्विक महत्वका मूर्तिदेखि विभिन्न सम्पत्ति चोरलाई तत्कालिन राजा महेन्द्रले भिसा प्रतिबन्ध लगाए पनि नेपाली कांग्रेसका सभापति रहेका गिरिजाप्रसाद कोइरालाका पालामा साँठगाँठमा खुलाइएको तथ्य सनातन चौतारीले राखेको छ।

samridhi jewllers

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्ञानेन्द्र शाहमाथि अबाञ्छित आरोप लगाएपछि यो तथ्य सतहमा ल्याइएको हो। 
को हुन् मूर्ति चोरहरू भन्ने तथ्यगत जानकारी राखी सनातन चौतारी लेख्छ–

इयान एल्सप एक अमेरिकि नागरिक जो पञ्चायतकालमा नेपाल आउन प्रतिबन्ध गरिएको ब्यक्ति हुन्। जसले नेपाल र तिब्बती कला तथा संस्कृतिमा विशेष अध्ययन पनि गरेका थियो। 

यो मूर्ति चोर्नेले एक संस्था एसीयनआर्ट डटकम खोलेको छ। जस्को संस्थापक तथा सम्पादक एमेरिटस हुन्, जुन एशियाली कलासम्बन्धी अनलाइन पत्रिका हो। यहा हजारौ नेपाली, बौद्ध, हिन्दू, तिब्बति ग्रन्थ र मूर्ति संकलनका तस्विर छन्। 

एल्सप सन् १९७० देखि १९८८ सम्म काठमाडौं, नेपालमा बसेका थिए। यस अवधिमा उनले नेपालका सांस्कृतिक इतिहासबारे गहिरो अध्ययन गरे र नेवारी भाषा सिके। 

उनले एक शास्त्रीय नेवारी शब्दकोश विकासमा पनि योगदान गरेका थिए। यस काम गर्दागर्दै मूर्ति चोरेर अमेरिका लगेको प्रमाण फेला परेपछि तत्कालिन पञ्चायतको श्री ५ को सरकारले उनलाई देश निकाला गरी नेपाल आउन प्रतिबन्द गरेको थियो। पछि कांग्रेसको सरकारले उनलाई सांठगांठ गरि प्रतिबन्ध फुकुवा गरिदियो। त्यसबेला मूर्ति चोर्ने कार्य झनै बढ्यो। उनले जहिले पनि म अध्ययन गर्न आएको हौ भन्थे र यसैलाई बहाना वनाएर ५०० भन्दा बढि पुरातत्वको सामग्री कुटनीतिक आवरणमा अमेरिका लगेका थिए। 

उनको अनुसन्धान विशेष गरी नेपालका धातु मूर्तिहरू, विशेष गरी खस मल्ल राज्यका मूर्तिहरूमा केन्द्रित छ। उनले ‘दी मेटल स्कुल्पचर दी खासा मलास’ शीर्षकको लेखमा यी मूर्तिहरूको शैलीगत विशेषता अध्ययन गरेका छन्, जसमा काठमाडौं उपत्यकाका कलाहरूको प्रभाव र अद्वितीय अलंकरण देखिन्छ।

यहा राजालाई लान्छना लाउन अनेक भ्रम छरिएको छ। यस्मा कुनै सत्यता छैन।
murti-1742110510.jpg
 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्