Nic Ad Nic Ad
Nic Ad Nic Ad

सदनमा रघुजी र ज्ञानेन्द्र शाहीको जुहारी

आइतबार, चैत ३, २०८१

काठमाडौँ - प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्त बोल्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले आपत्ति जनाएपछि लफडा भएको छ ।
 
सांसद पन्तले राजसंस्थाको बारेमा बोलिरहेका थिए । उनले राजाहरूले गरेका गल्तीहरूका बारेमा बोल्दा राप्रपा सांसद शाहीले आपत्ति जनाएपछि भनाभन भएको थियो । 

samridhi jewllers

उनले नभएका कुरा बोल्न नपाइने भन्दै आपत्ति जनाउन खोजे पनि सभामुख देवराज घिमिरेले बोल्न दिएनन् । तर, उनले आपत्ति जनाइरहेपछि केहीबेर लफडा भएको थियो । सांसद शाहीले बोल्न समय मागिरहे । त्यसपछि सभामुख घिमिरेले भने, ‘मैले तपाइलाई बोल्न दिएको छैन, बोल्न दिएका माननीयज्यूलाई बोल्न दिनुहोस् ।’

त्यसैबिचमा सांसद पन्तले आफूसँग बहस गर्न इतिहास पढेर आउन चुनौती दिए । 

त्यसपछि केहीबेर लफडा भएपछि सभामुख घिमिरेले केही व्याख्या गरे । उनले भने, ‘घिमिरे नियमावलीको आधारबाट अभिव्यक्ति दिन्छौँ । त्यसैका आधारमा सत्य तथ्यमा आधारित भएर बोल्नु भएको छ । कैयौँ मानिसलाई झुटो र बेठिक लाग्न सक्छ । विधिवत ढंगबाट प्रमाणित र खण्डन गर्नुपर्छ । अनुमति दिने नदिने काम गरिएको छ ।’

अन्तिममा पन्तको काटिएको समय सभामुख घिमिरेले थपिदिए ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्