Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने छलफल सुरु भएको माओवादीको खुलासा

आइतबार, चैत ३, २०८१
samridhi jewllers

काठमाडौं– नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार गठनको छलफल सुरु भएको खुलासा गरेको छ।

अहिलेको सरकार र एमालेको नेतृत्वका कारण राजावादी सल्बलाउन थालेको ठहर गर्दै नयाँ सरकारका लागि छलफलको थालनी भएको तर आकार लिइनसकेको माओवादी सांसद राजन दाहालले जानकारी दिए।

सरकारको असफलताका कारण नै राजसंस्थावादी निकै आक्रामक रुपमा अगाडि बढेका कारण कांग्रेससँग छलफल चलेको बताइएको छ। यद्यपि कांग्रेसले यसलाई आधिकारिक रुपमा पुष्टि गरेको छैन।
 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १४:००
प्रतिक्रिया दिनुहोस्