Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओलीले भने- लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन सक्दैन

आइतबार, चैत ३, २०८१
samridhi jewllers

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन नसक्ने प्रष्ट्याएका छन् ।

आइतबार काठमाडौंमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलनको उद्घाटन गर्दै ओलीले लोकतन्त्र मुलुकको राजमार्ग भएको भन्दै लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन नसक्ने बताएका हुन् ।

सरकार र निजी क्षेत्रको सहकार्य बढाउँदै विविध क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गरिएको उनको भनाइ छ । अर्थतन्त्रको विकासका लागि सरकार सुशासनमा प्रतिबद्ध रहेको र निजी क्षेत्रको अगुवाइपूर्ण भूमिकालाई महत्व दिन तत्पर रहेको प्रधानमन्त्रीले बताए ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्