Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्री गुरुङको दाबी- सरकारले नेपाललाई श्रीलंका हुनबाट जोगाएको छ

आइतबार, चैत ३, २०८१

काठमाडौँ- सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको दाबी गरेका छन् ।

samridhi jewllers

विज्ञापन प्रवर्द्धनमा विज्ञापन एजेन्सीको भूमिका सम्बन्धी क्षमता विकास कार्यक्रमलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै उनले पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसक्नु रहेको उल्लेख गरे ।

‘अझै पनि हामीले चाहेअनुसारको वाञ्छित सफलता हासिल गर्न सकेका छैनौँ । विस्तार विस्तार श्रीलंका हुनबाट जोगाइएको छ । सरकारले गरेको पहिलो काम भनेको नेपाललाई श्रीलंका हुनबाट जोगाएको हो । या असफल राष्ट्र हुनबाट जोगाइएको छ,’ उनले भने ।

अर्थतन्त्रको समस्या सुधार गर्न सरकार लागिपरेको भए पनि वाञ्छित सफलता हासिल गर्न नसकिरहेको बताउँदै उनले सुशासन र सार्वजनिक सेवा प्रभावकारीको विषय नै पहिलो समस्या रहेको बताए ।

‘पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसकेर हो भन्ने कुरा हामीले महसुस गरेका छौँ । हाम्रो मूल्यांकनमा त्यही कुरा छ,’ मन्त्री गुरुङले भने, ‘यो सबै समस्याको समाधानमा हामी लागेका छौँ । आजको दिनमा बढ्दै गएको अर्थतन्त्रको समस्या सुधार्न हामी कति धेरै प्रयत्न गरिरहेका छौँ ।’

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्