Nic Ad Nic Ad
Nic Ad Nic Ad

१७ बर्षदेखि ज्ञानेन्द्र शाहलाई सहयोग गरिरहेको नेपथ्यको शक्ति

आइतबार, चैत ३, २०८१

काठमाडौं– ज्ञानेन्द्र शाहले पत्रकार सम्मेलन गरी नारायणहिटी छाड्दै गर्दा भनेका थिए,‘हामी देश छाडेर जाँदैनौं। जनताको निर्णयलाई तत्काल स्वीकार गरेका छौं। आवश्यक परेको खण्डमा जनताको निर्णयअनुसार नै गर्नेछौं।’

samridhi jewllers

हाँसी–हाँसी २४० बर्षको बिरासतलाई त्याग गरेका ज्ञानेन्द्र शाहसँगै नेपथ्यमा रहेको शक्ति थियो– शिव सेना नेपाल।

यो कुनै राजनीतिक दल होइन तर नेपालमा धार्मिक सापेक्षता र विदेशीको एजेन्डाका बिरोधमा जनमत, अभिमत र मन्थन गरिरहेको शक्ति हो। 

ज्ञानेन्द्रका धार्मिक, सांस्कृतिकदेखि विभिन्न एजेन्डामा हुने देशाटनको पहिलो घेरामा शिव सेना नेपाल रहने गर्छ। अध्यक्ष अनिल बस्नेत बाबा भन्छन्,‘हामी राजसंस्था, हिन्दूत्वको पैरवी गरिरहेका छौं। कुनै राजनीति गरेका छैनौं।’

पछिल्लो पटक पोखरा, बागलुङलगायतका धार्मिक क्षेत्रमा ज्ञानेन्द्रको भ्रमणलाई सहजीकरण गर्न शिव सेना नेपालको भूमिका बलियो रहेको थियो। हुन त सँधै नै सक्रिय रहेको यो शक्ति नेपथ्यमा नै रहन्छ।

‘राजसंस्थालाई कसरी पुनःस्थापना गर्ने भन्ने सन्दर्भ हाम्रो सरोकारको विषय हो। यसकारण हामीले जगमान गुरुङलगायतका विद्वानसँग अन्तरक्रियाका कार्यक्रम पनि गरेका थियौं’, बस्नेतले क्यानडानेपालसँग भने।

राजसंस्था तत्काल आउँछ या आउँदैन यो इतिहासको गर्भमा रहेको छ। तर राजावादी शक्तिको काठमाडौं प्रदर्शनले धेरै चिजको संकेत गरेको बस्नेत पनि मान्छन्। 

‘गणतन्त्र भ्रम हो र यो विदेशीको एजेन्डा भनेर हामीले भन्दै आएका छौं। हाम्रो देशमा मौलिक प्रजातान्त्रिक, वैदिक हिन्दूत्व र राजसंस्था अपरिहार्य रहेको भनी बारम्बार भनिरहेका छौं’, बस्नेत भन्छन्,‘समयमा राजसंस्थालाई जनताले नै ल्याउने हो। र, यो सडकबाट या सदनबाट कराएर होइन आवश्यकताको हिसाबले जनताबाट नै प्रतिस्थापित भएर आउने हो।’

अहिले व्यावसायी दुर्गा प्रसाईं, स्वागत नेपाललगायतका अभियन्ता पनि राजसंस्थाको औचित्यतामाथि बहस चलाइरहेका छन्। ‘उहाँहरूले पनि अहिलेको आवश्यकलाई ठान्नुभएको छ, अब नेपाली जनताले ठान्यो भने कसो नहोला?’, बस्नेतले भने,‘हामी निरन्तर र अविरल लागिरहेका छौं।’

संवैधानिक राजसंस्था, ०४७ सालको जनताको प्रजातन्त्रसहितको संविधान अहिलेको एजेन्डा बन्नुपर्ने शिव सेनाको धारणा रहेको छ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्