Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डलाई झापू र जुत्ता हान्ने छाडिए, तस्बिर जलाउनेलाई ‘नेल’

आइतबार, चैत ३, २०८१

काठमाडौं– १७ बर्षदेखि सत्ता र शक्तिमा रहेका तर माखो समेत मार्न नसकेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि झापू र जुत्ता हान्नेले उन्मुक्ति पाए पनि तस्बिर जलाउे युवालाई भने ‘नेल’ लगाइएको छ।

samridhi jewllers

राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बमलाई प्रचण्डपुत्री रेणु दाहाल मेयर भएको भरतपुर महानगरपालिकाबाट पक्राउ गरिएको हो।  

कालीकोट घर भएका बम राप्रपा युवा संघको महासचिव हुन्। उनलाई चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो। 

मकवानपुरको हेटौंडामा भएको एक कार्यक्रममा उनले प्रचण्डको तस्बिर जलाएका थिए। राप्रपाको युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा उनले प्रचण्डको तस्बिर जलाएका थिए।

‘लोकतन्त्रमा पुत्ला पनि जलाउन पाइन्छ, तस्बिर जलाएकै भरमा पक्राउ गरिएको छ’, राप्रपाका एक नेताले भने,‘यो गणतन्त्र जल्लादहरूको हो भन्ने पुष्टि भैसकेको छ। प्रचण्डले मूर्ति चोरदेखि भाईमारासम्म भनेका थिए। तिनलाई पक्राउ किन गरिएन?’

तपाईहरुले यो मान्छेलाई त चिन्नु हुन्छ होला नि भन्दै उनको तस्बिरमा बलमे आगो लगाएका थिए। कार्यक्रममा गणतन्त्र मुर्दावाद भन्दै नारा समेत लगाइएको थियो।

यसअघि प्रचण्डमाथि रतन तिरुवा भन्ने युवाले राष्ट्रिय सभा गृहमा जुत्ता प्रहार गरेका थिए। उनलाई पक्राउपछि छाडिएको थियो। त्यसअघि प्रचण्डलाई पदम कुँवर भन्ने युवाले झापू हानेका थिए।

यो पनि पढ्नुहोस् 

च्यातिएको ‘प्रचण्डपथ ब्यानर’लाई तन्काएको रिपोर्टरले लेख्यो कमरेड पृथ्वीको चन्दा आतङ्क

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्