बचत हिनामिना गर्ने सहकारी संस्थाका पदाधिकारीहरूको सम्पत्ति रोक्का गर्नुपर्छ : प्रेम सुवाल
काठमाडौँ- नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले नेपालको सहकारीको खर्बौँ रकम सैन्य संगठन नाटो देशको हितमा गएको भन्ने सार्वजनिक भएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सर्वसाधारणको बचत हिनामिना गर्ने सहकारी बैंक तथा सहकारी संस्थाका पदाधिकारीहरूको सम्पत्ति रोक्का गरी जनताको बचत फिर्ता गराउनु पर्ने उनको भनाइ छ ।
‘सहकारी संस्थामा बचत ठगीमा परेका पीडितहरूको बचत फिर्ता कसरी हुने हो रु सम्बन्धित जिल्ला, प्रदेश, महासंघ र सहकारी बैंकमा रहेका पदाधिकारीहरू र डुबेका सहकारी संस्थाका पदाधिकारीहरूलाई जनताको बचत फिर्ता गराउन तिनीहरूको सम्पत्ति र लगानी रोक्का गर्नुपर्छ र पासपोर्ट जफत गर्नु जरुरी छ,’ सांसद सुवालले भने ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१ १६:१२
प्रतिक्रिया दिनुहोस्