आफ्नो फोटो जलाउनेलाई सरकारले पक्राउ गरे पछि प्रचण्डले लिए जलाउनेकै पक्ष
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तस्वीर जलाउँदैमा कसैलाई पक्राउ गर्नु उचित नहुने टिप्पणी गरेका छन् ।
उक्त कार्य उचित नभएको प्रचण्डको भनाइ छ ।
सामाजिक संजाल फेसबुकमा उनले भनेका छन्- लोकतन्त्रमा बिरोधका बिभिन्न रुप हुन्छन्। फोटो जलॉउदैमा गिरफ्तार गर्नु उचित हुँदैन।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डको तस्वीर जलाएको आरोपमा आइतबारमात्रै चितवनबाट राप्रपा नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिवार मकवानपुरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा बमले ‘प्रचण्ड’को आलोचना गर्दै फोटो जलाएका थिए ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१ १७:३८
प्रतिक्रिया दिनुहोस्