Nic Ad Nic Ad
Nic Ad Nic Ad

ओलम्पिक कमिटीको अहिलेका गतिविधि अवैध : खेलकुदमन्त्री चौधरी

आइतबार, चैत ३, २०८१

काठमाडौँ- युवा तथा खेलकुद मन्त्रालयले नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यसमितिका गतिविधि गैरकानुनी रहेको जनाएको छ ।

samridhi jewllers

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खेलकुद मन्त्री तेजुलाल चौधरीले ओलम्पिक कमिटीको अहिलेको कार्यसमिति अवैधानिक रहेकाले कार्यसमितिका गतिविधि गैरकानुनी रहेको बताएका छन् ।

नयाँ कार्यसमिति चयनका लागि चुनाव नभएसम्म ओलम्पिक कमिटीले गर्ने कुनै पनि काम कानुन बमोजिम नहुने उनले बताए ।

उनले ओलम्पिक कमिटीको कार्यसमिति अवैधानिक भए पनि खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जान राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयले सहजीकरण गर्ने बताएका छन् ।

मन्त्री चौधरीले सरकारले खेलकुद क्षेत्रमा हस्तक्षेप गरेको भन्दै ओलम्पिक कमिटीले लगाएको आरोपको खण्डन गरे। उनले खेल क्षेत्रलाई मर्यादित बनाई राष्ट्रको गरिमा उच्च राख्न र खेलाडीको प्रोत्साहन सहितका कार्यका लागि सदैव प्रतिबद्ध रहेको स्पष्ट पारे ।

यसअघि शुक्रबार ओलम्पिक कमिटीले पत्रकार सम्मेलन गर्दै सरकारले खेलाडी र पदाधिकारीलाई अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन अवरोध गरेको आरोप लगाएको थियो । मन्त्री चौधरीले गलत सूचनामा आधारित भएर कुनै पनि धारणा नबनाउन आग्रह गरेका छन् ।

उनले स्वायत्तता र स्वतन्त्रताको नाममा देशको कानूनी शासनको धज्जी उडाउने र सरकारी हस्तक्षेपको बहनामा देशको खेल क्षेत्र मनपरी गर्ने कार्य तत्काल बन्द गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्