केन्द्रीय समिति बैठक बोलाउने रास्वपाको निर्णय
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यद्यपि बैठकको मिति र समय भने तय भएको छैन ।
त्यस्तै, आजको बैठकमा यसअघि भएका निर्णयहरूको बारेमा जानकारी लिने र दिने काम भएको बताइएको छ।
आइतबारको बैठकले वर्तमान राष्ट्रिय राजनीतिको बारेमा केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेबाट जानकारी गराएको पनि रास्वपाले बताएको छ ।
पार्टीको राष्ट्रिय महाधिवेशनको सम्बन्धित काम क्रियाकलाप के के हुँदैछ भन्ने कुराको जानकारी लिने र दिने काम पनि भएको रास्वपाले बताएको छ ।
संसदीय गतिविधिबारे र अहिले भइराखेको अधिवेशनबारे दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारले बैठकमा जानकारी गराएका थिए ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१ २०:००
प्रतिक्रिया दिनुहोस्