Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजतन्त्रको विरोधमा चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने नेसपाको निर्णय

आइतबार, चैत ३, २०८१

काठमाडौँ- नेपाल समाजवादी पार्टीले राजतन्त्रको विरोध गर्दै चेत १५ गते काठमाडौँ प्रदर्शन गर्ने भएको छ ।

samridhi jewllers

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको विस्तारित बैठकले काठमाडौँमा चैत १५ गते जनसभा र विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष महिन्द्र राय यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘अहिलेको जटिल परिस्थितिमा समाजवादी मोर्चा, नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति २०८१ चैत १५ गते शुक्रबारका दिन काठमाडौंमा विशाल प्रदर्शन सहितको जनसभा आयोजना गरेको छ।’

साथै पार्टीले आफ्ना सम्पूर्ण पंक्तिलाई सशक्त रूपमा परिचालन हुन समेत विशेष निर्देशन दिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्