त्रिवि विश्वविद्यालय क्याम्पसमा स्ववियु निर्वाचनको मिति सर्यो, अब ८ चैतमा
काठमाडौं - त्रिवि, विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्ववियु निर्वाचन ८ गतेसम्मका लागि सरेको छ । विश्वविद्यालय क्याम्पसमा चैत ५ गतेका लागि तय भएको निर्वाचन ८ गते हुनेगरी निर्वाचन समितिले सूचना सार्वजनिक गरेको हो ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले अवरुद्ध क्याम्पसमा प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि क्याम्पसले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
त्रिविका कानुन सल्लाहकार, निर्देशिका र आचारसंहिता अनुसार यस्तो निर्णय भएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।
उनका अनुसार भोलि (सोमबार) दिउँसो २ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकिएको छ ।
उम्मेदवारहरूको अन्तिम नामावली पनि भोलि अपरान्ह ५ बजे नै सार्वजनिक हुने बताइएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१ २१:३६
प्रतिक्रिया दिनुहोस्