हाउथीमाथि अमेरिकाको अर्को आक्रमण : ५३ जना मारिएको दाबी
यमन – विद्रोही समूह हाउथीले यमनको होडाइडाहमा अमेरिकाले आक्रमण गरेको छ। यसअघि अमेरिकाले यमनमा गरेको बमवारीको प्रतिकार स्वरूप अमेरिकी एयर फ्राफ्ट क्यारियर हेरी एस ट्र्मानमा आक्रमण गरेको जनाएको छ।
यस अघि शनिबार भएको बमवारीमा मारिनेमा महिला तथा बाल बालिकाको सङ्ख्या धेरै छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले पाँच बाल बालिकासहित ५३ जना मारिएको जनाएको छ।
अमेरिकी रक्षा मन्त्री पिटर हेगसेथले हाउथीले ड्रोन आक्रमण नरोकेसम्म आफूहरूको आक्रमण जारी रहने जनाएका छन्।
विश्लेषकका अनुसार रेड सीमा भविष्यमा हुन सक्ने आक्रमणलाई ध्यानमा राख्दै अमेरिका हाउथीलाई निर्मूल नै पार्न चाहन्छ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१ ०८:५७
प्रतिक्रिया दिनुहोस्