Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालुवाटारमा मन्त्रिपरिषद बैठक डाकियो, नेपाल प्रहरीका आईजी नियुक्ति

सोमबार, चैत ४, २०८१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन्। सोमबार नियमित बैठक बस्ने दिन पनि हो। 

samridhi jewllers

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा डाकिएको बैठकले नेपाल प्रहरीका महानिरिक्षक (आईजी) नियुक्त गर्नेछ। अपरान्ह ४ बजे बस्ने बैठकले आईजीका लागि योग्य तीन प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दीपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङ मध्य एक जनालाई नियक्त गर्नेछ।

गिरी र तामाङभन्दा नायव महानिरिक्षक (डीआईजी) र एआईजीमा थापा अगाडि बढुवा भएका थिए। राजनीतिक चलखेल नभए कार्य सम्पादनका हिसाबले पनि थापा अग्रणी छन्।

थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख छन्।

यसैबीच, आईजी बसन्तबहादुर कुँवरले सोमबारै प्रहरी प्रधान कार्यालयबाट विदा लिने भएका छन्। 

उनी नेपाल प्रहरीको नेतृत्व २२ महिना गरेर ३० बर्षे सेवा अवधिका कारण निवृत्त हुन लागेका हुन्।
 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्