Nic Ad Nic Ad
Nic Ad Nic Ad

पत्रकार काजीलाई मार्सेली उपभोक्ता सचेतना पुरस्कार

सोमबार, चैत ४, २०८१

काठमाडौं– झापाका पत्रकार मोहन काजीलाई यसवर्षको ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ प्रदान गरिने भएको छ।

samridhi jewllers

उपभोक्ता अधिकारका क्षेत्रमा लामो समयदेखि नेतृत्व गरिरहनु भएको कृष्णप्रसाद भण्डारी मार्सेलीले विराटनगरस्थित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थामा अक्षयकोषसहित उक्त पुरस्कारको स्थापना गर्नु भएको हो।

सहकारी संस्थाले विराटनगरमा एक कार्यक्रम गरी उक्त पुरस्कार बारे जानकारी गराएको हो। उपभोक्ताको हक, हित र अधिकारका पक्षमा योगदान पुर्याए पहिलोपल्ट यो पुरस्कार पत्रकार काजीलाई दिने निर्णय भएको पुरस्कारका संस्थापक मार्सेलीले बताए। 

मेचीनगर वडा नं. १० निवासी पत्रकार काजी उपभोक्ता जागरण अभियान नेपालका अभियन्ता हुन्। विश्व उपभोक्ता अधिकार दिवसका दिन पारेर आगामी साउन ४ गते पुरस्कार हस्तान्तरण गरिनेछ। 
 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्