Nic Ad Nic Ad
Nic Ad Nic Ad

इन्द्रसरोबरमा भारतीय नम्बर प्लेटको गाडि दुर्घटना

सोमबार, चैत ४, २०८१

हेटौंडा - मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिकामा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना भएको छ । चार जना घाइते भएका छन् ।

samridhi jewllers

कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-३ धाराखोल्छामा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको युपि ७० एनटी ६९१७ नम्बरको भारतीय फोर्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

गाडिमा सवार १७ जनामध्ये ४ जना यात्रु घाइते भएको र उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पातालमा ल्याइएको उनले बताए ।

घाइते सबै भारतीय नागरिक रहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा भारत उत्तर प्रदेश जिल्ला राइबेली ग्राम यनटिबेसी उचहर बस्ने ५५ वर्षीय राजकरण तिवारी, ३८ वर्षीय जितेन्द्रप्रताप सिंह, ४४ वर्षीय अजय मिश्र र ३८ वर्षीय अभयप्रताप सिंह रहेको डिएसपी अर्यालले जानकारी दिए ।

 

 

 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ०९:५९
प्रतिक्रिया दिनुहोस्