एटलान्टामाथि इन्टर मिलानको महत्वपूर्ण जित
काठमाडौँ - इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले एटलान्टामाथि महत्वपूर्ण जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा इन्टर मिलानले एटलान्टालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
इन्टर मिलानको जितमा कार्लोस अगस्तो र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए ।
यस खेलमा ९० मिनेटपछिको इन्जुरी समयमा इन्टर मिलानका अलेसजान्द्रो बासटोनीले रातो कार्ड पाएका थिए ।
यो जितपछि इन्टर मिलानको २९ खेलमा ६४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको नापोलीको ६१ अंक छ भने एटलान्टाको २९ खेलमा ५९ अंक रहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१ १०:२२
प्रतिक्रिया दिनुहोस्