Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वमा कांग्रेसका नेता उत्पादन गर्ने महेन्द्र मोरङ क्याम्पसमा स्ववियु चुनाव अनिश्चित, नेवि संघभित्र विवाद

सोमबार, चैत ४, २०८१

काठमाडौं– कोशी प्रदेशको सबैभन्दा ठूलो क्याम्पस महेन्द्र मोरङ बिराटनगरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अनिश्चित बनेको छ। मंगलबारदेखि देशभर स्ववियु निर्वाचनको मतदान गराउने तालिका थियो।

samridhi jewllers

महेन्द्र मोरङ क्याम्पस नेपाली कांग्रेसका नेता उत्पादन गर्ने फ्याक्ट्रि नै मानिन्छ। नेपाल विद्यार्थी (नेवि) संघभित्रको आन्तरिक विवादका कारण स्ववियु निर्वाचन अनिश्चित भएको हो।

नेवि संघका कोइराला समूह र देउवा समूहकाबीचमा विवाद छ।सो क्याम्पसमा केही दिनयता विद्यार्थी संघका दुई समूहकाबीचमा झडपसमेत हुँदै आएको छ।

महेन्द्र मोरङमा नेविसंघबाट दुईवटा प्यानलको उम्मेदवारी परेको थियो। नेवि संघका प्रज्वल विष्टले दिएको उम्मेदवारीलाई निर्वाचन समितिले आधिकारिक मानेपछि विवाद बढेको थियो। उनी देउवा समूहका हुन्।

योगराज दाहालको नेतृत्वमा अर्को प्यानल दर्ता भएको थियो। सो समूहको उम्मेद्वारीलााई निर्वाचन समितिले स्वतन्त्र उम्मेदवारको हैसियत प्रदान गरेपछि विवाद बढेको छ।

विवादपछि दाहालसहितका विद्यार्थी नेताहरूले स्ववियू निर्वाचन समितिको कार्यालयमा आगो लगाएर निर्वाचन अधिकृत डा. सुशील कुमार अधिकारीलाई कोठामै थुनेका थिए। अधिकारीलाई कोठामा थुनेर विद्यार्थीहरूले बाहिरबाट तालाबन्दी गरे। त्यसको केही समयपछि प्रहरीले ताला फोडेर अधिकारीको उद्धार गरेको थियो।

नेपाल विद्यार्थी संघको कोइराला समूहले महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचन निष्पक्ष हुने वातावरण नभएसम्म निर्वाचन हुन नसक्ने बताउँदै आएको छ। 

महेन्द्र मोरङ क्याम्पसमा यस्ता विवाद हुन्छन्। कांग्रेसका नेता बिजयकुमार गच्छादारसहितका नेताको पनि सोही क्याम्पसमा विवादमा हाथापाई हुँदा आँखामा समस्या आएको बताइन्छ।
 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्