Nic Ad Nic Ad
Nic Ad Nic Ad

पुरानै परिपाटीले राष्ट्रिय विकासका आवश्यकता पुरा हुँदैनन् : प्रतिमा गौतम

सोमबार, चैत ४, २०८१

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले परम्परावादी कार्यमा गरिने सामान्य सुधार र कार्यान्वयनको पुरानै परिपाटीको निरन्तरताबाट राष्ट्रिय विकासका आवश्यकता, आमनागरिक तथा युवाको अपेक्षा पूरा गर्न नसकिने बताएकी छन् ।

samridhi jewllers

प्रतिनिधि सभाको सोमबारको बैठकमा उनले १६औँ आवधिक योजनाले तोकेको लक्ष्य हासिल हुने वातावरण सिर्जना गर्नका लागि परम्परावादी कार्यमा गरिने सामान्य सुधार र कार्यान्वयनको पुरानै परिपाटीको निरन्तरताले अपेक्षा पूरा गर्न नसकिने बताएकी हुन् ।

‘मुलुकको सर्वाङ्गीण विकासका लागि आवश्यक पर्ने मानव पूँजी निर्माणमा संविधानले समेत मार्गदर्शन गरेको शिक्षा क्षेत्रका साधारण शिक्षा, परम्परागत शिक्षा तथा प्राविधिक शिक्षा तीन धारमध्ये विशेष गरी राज्यको ध्यान र प्राथमिकता प्राविधिक तथा व्यावसायिक शिक्षामा बढ्नु पर्नेमा झन कम परेको देखिन्छ,’ सांसद गौतमले भनिन् । 

हाल कार्यान्वयनमा रहेको १६औँ आवधिक योजनाले स्वास्थ्य, शिक्षित र सीपयुक्त मानव पुँजी निर्माणका लागि योजनाको प्रमुख कार्यक्रममा आगामी पाँच वर्षभित्र प्राविधिक शिक्षाको भर्नादर बढाउदै प्राविधिक र सामान्य शिक्षाका विद्यार्थीको अनुपात क्रमशः ७०-०  कायम गर्ने, राष्ट्रिय योग्यता प्रारूपअनुसार कार्यान्वयन गर्ने उल्लेख गरेको उनले बताइन् । 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्