Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिंहदरवारमा कर्मचारी थुपारेर देशको विकास हुदैँन् : प्रेम सुवाल

सोमबार, चैत ४, २०८१
samridhi jewllers

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सिंहदवारमा मात्र कर्मचारी थुपारेर देशको विकास नहुने बताएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले केन्द्रमा मात्रै कर्मचारी बसालेर स्थानीय तहहरूमा विकास नहुने बताएका हुन् । उनले भने, ‘देशका एक तिहाइ भन्दा धेरै स्थानीय तहहरूमा कर्मचारी अभाव छ । तर सरकारले सिंहदरवारका बारदलीमा कर्मचारी थुपारेको छ ।’

उनले सबै जिल्लाका पालिकाको विकासका लागि योग्य कर्मचारी त्यहाँ पठाउनुपर्ने बताए ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्